Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहाबाट पेस्तोलसहित दुई युवक पक्राउ





जनकपुरधाम ।

सिरहाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो छन् ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानका अनुसार दुवै जनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा प्रमोदको साथबाट कटुवा पेस्तोल १ थान र विष्णुको साथबाट फलामको नक फेला परेको हो ।

राति साढे ८ बजेको समयमा गोलबजार नगरपालिका-११ बल्कबास्थित मैनाबत्ती खोलामा लागेको भब्री मेलामा आएका केही व्यक्तिहरू बीच एक आपसमा झै–झगडा भएको थियो । त्यहाँ प्रहरी पुग्दा भाग्ने क्रममा नियन्त्रणमा लिएपछि दुवै जनालाई हतियारसहित पक्राउ गरिएको डीएसपी पासवानले जानकारी दिए ।

दुवै जनामाथि इलाका प्रहरी कार्यालय गोलबजारले हातहतियार सम्बन्धी कसुरमा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।