Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक पदमा आवेदन माग





काठमाडौं ।
रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि त्रिवि शिक्षण अस्पतालको छनोट समितिले आवेदन माग गरेको छ ।
माघ १५ गतेसम्म आवेदन दिन भन्दै छनोट समितिले सार्वजनिक सूचना निकालेको हो । इच्छुक उम्मेदवारले डिनको कार्यालयमा रहेको छनोट समितिको कार्यालयमा आवेदन पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।
कार्यकारी निर्देशकका लागि आवेदन दिनेले विभिन्न कागजपत्रहरू पेस गर्न पनि समितिले भनेको छ । जसमा व्यक्तिगत विवरणदेखि कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनुभवका प्रमाणित आधारहरूसम्म पेस गर्नुपर्ने विषय रहेका छन् ।