

जनकपुरधाम ।
कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई धनुषा प्रहरीले २१ बर्षपछि ६५ बर्षको उमेरमा धनुषा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ पर्नेमा सबैला नगरपालिका वडा नम्बर २ मुसहरी टोलका ६५ वर्षिय रामबावु यादव रहेका छन् ।
२०४३ सालमा सवैला नगरपालिका वडा नम्बर २ जनक यादवलाई लठ्ठी प्रहार गरी हत्या गरेर फरार भएका थिए । प्रतिवादी यादवलाई २०६० साउन १६ गते धनुषा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसला लगत्तै उनी फरार रहँदै आएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले नेपाल–भारत सीमा नजिक जटही नाकाबाट पक्राउ गरेको हो ।
