

जनकपुरधाम ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ । जनकपुरधामको रामानन्द चोकमा सोमबार सोमवार राती मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको हो । मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।
पिरारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई सोही दिशामा जाँदै गरेको अर्काे गाडीले गाडीले ठक्कर दिएको प्रहरी नायब उपरीक्षक सिंहले जनाएका छन् ।
दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । दुर्घटना बारे अनुसन्धान भई रहेको धनुषा प्रहरीले जनाएका छन् ।

