Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा





सिमरा ।

बाराको साबिक आदर्श गाविस (जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत)का सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पदमा रहँदा उनले विभिन्न आर्थिक वर्षमा गाविसका लागि विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको उजुरी परेपछि भएको अनुसन्धानका क्रममा अठतीस लाख तीस हजार पाँच सय रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका अनुसार गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी भएको भनी एकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरूबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार रुपैयाँ साबिक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरी वद्‍नियत राखी अन्सारीले हिनामिना, दुरुपयोग गरेको पाइएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सोही बराबरको रकम बिगोसहित कैद र जरिवाना सजायको मागदाबी लिई सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।