Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पुस २९ गतेपछि नियुक्ति हुने शिक्षक मात्रै योगदानमा आधारित पेन्सन योजनामा समावेश हुने





काठमाडौ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको हकमा योगदानमा आधारित पेन्सन योजना ऐन बनेपछिकाे हक मात्रै कार्यान्वयनमा आउने बताएकी छन् । तत्काल योगदानमा आधारित पेन्सन योजना लागू गरे आन्दोलन गर्ने चेतावनी शिक्षकहरूले दिइरहेका बेला मन्त्री भट्टराईले सरकारले अध्यादेश मार्फत संशोधन गरेको मितिदेखि मात्रै कार्यान्वयनमा आएको बताएकी हुन् ।

पुस २६ गते बसेको मन्त्रीपरिषद् बैठकले अध्यादेशमार्फत निवृत्तिभरण काेष ऐनमा “शिक्षक सेवा” थप गरेको थियो । सरकारको सिफारिसमा पुस २९ गते मात्रै राष्ट्रपतिले प्रमाणीकरण गरेका थिए । राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको मिति पुस २९ गतेदेखिको हकमा मात्रै कार्यान्वयनमा आएको प्रष्ट पारेकी हुन् ।

अध्यायदेशमार्फ शिक्षकहरूलाई योगदानमा आधारित पेन्सन योजनामा समावेश गर्न खोजेको भन्दै शिक्षकहरूले आन्दोलनको चेतावनी दिएका थिए । सरकारले अध्यादेश मार्फत थप गरेकोमा आम शिक्षकहरूले स्पष्टता खोजिरहेको बताउँदै मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत ऐन बनेपछि मात्रै कार्यान्वयनमा आउने प्रष्ट पारेकी हुन् ।

ऐन बनेपछि मात्र लागु हुने सिद्धान्त अनुरूप नै यो दफा कार्यान्वयन हुने उनको भनाइ छ । २०८१ पुस २९ देखि मात्र शिक्षक सेवा निवृत्तिभरण कोषमा समावेश भएको मानिने उनको भनाइ छ ।

सरकारले २०७५ साल चैत ५ गते निवृत्तिभरण काेष ऐन २०७५ जारी गरेको थियो । २०७५ चैत ४ गतेपछि नियुक्त हुने राष्ट्रसेवक कर्मचारीले योगदानमा आधारित निवृत्तिभरण योजनामा समावेश भएका थिए । निजामती, सुरक्षा निकाय र नेपाल विशेष सेवा तर्फका कर्मचारीहरू उक्त योजनमा समावेश भएका थिए । तर, शिक्षकहरूको हकमा अहिलेसम्म लागू हुन सकेको थिएन । अहिले अध्यादेशमार्फत शिक्षक सेवालाई समेत उक्त योजनामा समेटिएको हो । त्यसको विरोध जनाउँदै शिक्षकहरूले नयाँ विद्यालय शिक्षा ऐन जारी भएपछि मात्रै लागू हुनुपर्ने माग राख्दै आएका छन् । तर, शिक्षामन्त्री भट्टराईले अध्यादेश जारी भएको पुस २९ गतेदेखिको हकका मात्रै कार्यान्वयनमा आउने बताएकी हुन् ।