Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लैगिंक सम्बेदनशील संसदीय रिपोटिंग सम्बन्धि कार्यशाला गोष्ठी शुरु, लैगिंक सम्बेदनशीलतालाई सांसद र पत्रकार दूबैले बुझनुपर्छः सभामुख





शिवानी मिश्र
जनकपुरधाम ।
संसदीय मामिला सम्बन्धि पत्रकारहरुसँग लैगिंक सम्बेदनशील संसदीय रिपोटिंग सम्बन्धि कार्यशाला गोष्ठी आजबाट जनकपुरधाममा शुरु भएको छ ।
महिला कानून र विकास मञ्चको आयोजनामा शुरु भएको ३ दिवसीय सो कार्यशाला गोष्ठीको उदघाटन गर्दै सभामुख रामचन्द्र मण्डलले लैगिंक सम्बेदनशीलतालाई सांसद र पत्रकार दूबैले बुझनुपर्छ बताउनुभयो । हरेक समाजले महिला र पुरुषको लागि बेग्ला बेग्लै मूल्य मान्यता, भूमिका, उत्तरदायित्व र विशेषता तोकिदिएको हुन्छ तर त्यसको नाउँमा कसैले कसैलाई होच्याउन नसक्ने उहाँको कथन थियो ।
उपसभामुख बबिताकुमारी राउतले संसदीय रिपोटिंग गर्दा महिलाको कुरालाई प्राथमिकतामा राख्नुपर्छ बताउदै यसले महिलालाई अझै बोल्ने प्रेरणा दिन्छ भने महिलाको विषयवस्तु पनि उठने उल्लेख गरिन ।
समारोहमा मधेश प्रदेश सभाका राजस्व योजना समितिका सभापति अनिता कुमारी साह, महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादव,, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकार बबिता बस्नेत लगायतले बोल्नु भएको थियो ।