Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अधिवक्ता दिनेश त्रिपाठी कुटपीट प्रकरणमा एक महिला पक्राउ





काठमाडौं ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि यही माघ २ गते दिउँसो काठमाडौंको बबरमहलस्थित जिल्ला अदालतअगाडि भएको कुटपिट प्रकरणमा झापाकी एक महिला पक्राउ परेकी छन् ।
माघ २ गते पौने ४ बजेको समयमा काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न भएर फरारहरूको खोजीका क्रममा प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका– ४ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राई पक्राउ परेकी हुन् ।
उनलाई सोमबार नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस प्रकरणमा यसअघि प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका–१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपलिका–५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरिसकेको छ ।
त्यसैगरी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने महानन्द जैसी पनि यस प्रकरणमा पक्राउ परिसकेका छन् ।