

जनकपुरधाम ।
मिथिलाञ्चलमा मनाईने प्रायः चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग हुन्छ । जसमध्ये विशेष गरी नागपूजा, विश्वकर्मा पूजा, दुर्गा पूजा (दशैँ), सरस्वती पूजा लगायतका चाडपर्वमा माटोले बनाईएका रंगबिरंगका कलात्मक मूर्ति प्रयोग गरिन्छ । सरस्वती पूजा नजिकिएसँगै मूर्तिकारहरुलाई भ्याई न भ्याई छ ।
माघ शुक्ल पञ्चमीका दिन वसन्त पञ्चमी अर्थात सरस्वती पूजा गर्ने गरिन्छ । सरस्वती पूजा हुने विद्यालय तथा विभिन्न स्थलहरुमा तयारी चलि रहँदा मूर्तिकारहरु भने मूर्तिलाई अन्तिम रुप दिने तयारीमा अहोरात्र खटि रहेका छन् ।

फोटो– आदर्श साह /मोडेल खबर
