Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एभरेस्ट बैंककाे नाफा बढ्यो २१ प्रतिशत





काठमाडौं ।

एभरेस्ट बैंकले चालु आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमासमा नाफा २१ प्रतिशतभन्दा धेरैले बढाएकाे छ । गत आव सोही अवधिको तुलनामा एभरेस्टले नाफा २१.११ प्रतिशतले बढाएको हाे ।

सोमबार प्रकाशित दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार एभरेस्टले यस अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ७१ करोड थियो । बैंकको खुद नाफासँगै वितरणयोग्य नाफा पनि बढेको छ ।

यस अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ४० करोड थियो । यस अवधिमा बैंकले ब्याज आम्दानीमा १९ प्रतिशत वृद्धि गरेको छ भने कमिसन तथा शुल्कबापत आम्दानीमा १४.४६ प्रतिशतको वृद्धि छ ।

गत वर्ष ४३ करोड रहेको बैंकको इम्पेयरमेन्ट शुल्क अहिले घटेर ३५ करोडमा झरेको छ । एभरेस्टले सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) को प्रतिस्पर्धामा आफूलाई अगाडि नै राखेको छ, जुन यस अवधिमा बढेर ३२ रुपैयाँ पुगेको छ । पीई रेसियो भने १८ बाट सीमान्त बढेर १८.१२ मा पुगेको छ ।