Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा र कांग्रेस नेता विमलेन्द्र निधिको पुतला दहन

जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय टीमको नाम हटाएको भन्दै विद्यार्थीहरु आन्दोलित





जनकपुरधाम ।
राजर्षि जनक विश्वविद्यालय केन्द्रिय क्याम्पस जनकपुरधामका विद्यार्थीहरुले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा र कांग्रेस नेता विमलेन्द्र निधिको पुत्ला दहन गरेका छन । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य श्याम साहको नेतृत्वमा विद्यार्थीहरुले जनकपुरधामको रामानन्द चौकमा नेविसंघ विरुद्ध नारावाजी गर्दै नेताद्वयको पुत्ला दहन गरेको हो ।
जय नेपाल कप क्रिकेट प्रतियोगितामा राजर्षि जनक विश्वविद्यालय टीमको नाम समावेश गरेपनि अन्तिम समयमा हटाएको भन्दै विद्यार्थीहरुले पूर्व प्रधानमन्त्री देउवा र काँग्रेस नेता विमलेन्द्र निधिको पुत्ला दहन गरेको हो । नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले सो प्रतियोगिता आयोजन गर्न लागेको छ ।
आयोजकले शुरुमा राजर्षि जनक विश्वविद्यालयलाई समेत सहभागी गराउने जनाएपनि पछिल्लो समयमा नाम हटाएपछि विद्यार्थीहरु आन्दोलित भएको विद्यार्थी नेता साहले बताए ।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरुहुने प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोली सहभागी रहेका छन ।
समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय बिहार छन ।
समूह ‘बी’ मा काठमाडौं विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय छन ।
त्रिभुवन विश्वविद्यालय र बिहारबीच सोमबार उदघाटन खेल हुँदैछ ।
प्रतियोगिताको विजेताले १५ लाख पाउनेछ भने उपविजेतालाई १० लाख रूपैयाँ प्रदान गरिनेछ ।