Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एकता सम्वादलाई निश्कर्षमा पुर्याउन लोसपाले बनायो उच्चस्तरीय वार्ता समिति





काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले एकताको सम्वादलाई छिट्टै निष्कर्षमा पु¥याउन उच्चस्तरीय वार्ता समिति बनाएको छ ।
पार्टीका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्र नाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य रहने गरी उच्चस्तरीय वार्ता समिति गठन गरिएको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । राजनीतिक अधिकार प्राप्तिकालागि संघर्षशील राजनीतिक शक्तिहरूबीच सम्वाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भन्दै लोसपाले यसअघि नै ५ सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदल खारेज गर्दै उच्चस्तरीय वार्ता समिति गठन गरिएको ठाकुरले बताएका छन् ।
उक्त कार्यदलमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्षका जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्रसहितको पाँच सदस्य थिए ।
यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कार्यकारिणी बैठकबाट मधेशका दलहरूबीच सहकार्य र एकता गर्न राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो । त्यस्तै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य प्रयास चलिरहेको छ । यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि एकता अपील गर्दै मधेशी शक्तिहरूबीच संवाद थालेका छन् ।