Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपिट, थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किए





झापा ।

झापामा कोसी प्रदेश पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ।

प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको प्रहरीले जनाएको छ।

बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको प्रहरीको भनाई छ।

कुटपिटबाट थापा घाइते भएका छन्। उनको आँखामा चोट लागेको छ। थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिए।

विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो।

सोही विवादका क्रममा ती चालकले थापामाथि हातपात गरेको प्रहरीले जनाएको छ।

थापामाथि कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

नेपाल विद्युत प्राधिकरण झापाका ड्राइभरले हातपात गरेको प्रहरी श्रोतले जनाएको छ।