Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हिरोको एक्सट्रीम सिरिजका दुई मोटरसाइकल जनकपुरधाममा लञ्च गरियो





जनकपुरधाम ।
जनकपुरधाम बजारमा हिरोका दुई नयाँ मोटरसाइकल लञ्च गरिएको छ ।
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले जनकपुरधामस्थित स्वस्तिक अटो एण्ड ट्रेडिङ्गले आयोजना गरेको एक कार्यक्रमका बिच दूबै मोटरसाइकल सार्वजनिक गरिएको हो । हिरो एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोर भी सार्वजनिक गरिएको हो ।
हिरोले एक्स्ट्रीम १६० आर फोभीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर भल्भ, आयल कुल्ड इन्जिन दिइएको सिजी मोटर्सका कुन्दन भण्डारीले जानकारी दिए । उनले
केवाइबीको अपसाइड डाउन सस्पेन्सन छ भने यसमा कनेक्टेड फिचर उपलब्ध रहेको बताए ।
त्यस्तै, अर्को मोटरसाइकल एक्स्ट्रीम १२५ आरमा १२५ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन रहेको भण्डारीले जानकारी दिए । यसमा ५ स्पीडको गियरबक्स रह्नुका साथै सिंगल च्यानल एबीएस तथा एलईडी हेडलाइटहरू उपलब्ध रहेको उनले बताए ।
स्वस्तिक अटो एण्ड ट्रेडिङ्गका प्रोपराइटर किशन दिक्षितको अध्यक्षतामा भएको सो लञ्च कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी यसले जनकपुरधामको बजार चलायमान हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सांगितिक तथा नृत्य सहितका प्रस्तुती समेत राखिएको थियो ।