Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मुख्यमन्त्री सतिशकुमार सिंह भन्छन्ः अधिकारका लागि संघर्ष अझै आवश्यक, शहीद परिवारलाई ३ करोड बढी सहयोग गर्ने घोषणा

शहीद परिवारको आक्रोशः मधेस सरकारले हाम्रो अपमान गर्यो





जनकपुरधाम ।
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसलाई अधिकारसम्पन्न बनाउन अझै संघर्षको आवश्यक्ता रहेको बताएका छन् । मधेसको गृह संचार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुकले संघियता पाएको र बाँकी अधिकार प्राप्तिकालागि अझै संघर्षको आवश्यक्ता रहेको बताए । चरणबद्ध रुपमा अधिकार प्राप्तिकालागि संघर्षको आवश्यक्ता छ, उनले भने ‘अहिले अझै कयौँ अधिकार प्राप्त गर्न बाँकी छ, प्राप्त उपलब्धीलाई संस्थागत गर्दै चरणबद्ध रुपमा बाँकी अधिकारका लागि संघर्ष गर्नु आजको आवश्यक्ता रहेको छ ।’
मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुक संघियतामा प्रवेश गरेपछि प्रदेश सरकार पाएपनि आफ्नो प्रहरी प्रशासन तथा ठूलठूला काम गर्न संघकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भईरहेको बताए । उनले भने ‘प्रदेश सरकारमा मुख्यमन्त्री मन्त्रीहरु बनाइएको छ तर हात मुख गोडालाई बाँधेर राखिएको छ ।’
एक अर्को प्रसंगमा मुख्यमन्त्री सिंहले शहीदहरुको परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले शहीद परिवारका लागि रोजगारीको सिर्जन ागर्न कानूनै बनाएर अगाडी बढ्न सरकार पछाडी नहट्ने बताए ।
मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा समेत उनले गरे ।
मुख्यमन्त्री सिंहले प्रदेशका ८ वटै जिल्लाबाट आएका शहीद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद सहयोग गर्ने घोषणा गरेका हुन् । मुख्यमन्त्री सिंहले शहीद भएका ६३ जना परिवारलाई ३ लाख रुपैयाँ प्रति परिवार, ४७ जना सख्त घाईते भएकालाई २ लाख रुपैयाँ, ३६ जना मध्यम अवस्थाको घाईते भएकालाई १ लाख ५० हजार हजार र २४ जना साधारण घाईते भएकालाई १ लाख रुपैयाँ जनही गरी कुल ३ करोड ६१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले आज शनिबार भएकाले रकम हस्तान्तरण गर्न ढिलाई भएको र आइतबार बैंक खुलेपछि बैंक खातामै रकम जाने गरी व्यवस्था मिलाउने जानकारी दिए ।
त्यस्तै उनले सहिद परिवारका सदस्यहरुका लागि बिमा कार्यक्रम, छोराछोरीका लागि छात्रवृति लगायतका सुविधा यसै वर्ष देखि सुरु गर्न लागेका बताए ।
शहीद परिवारको आरोपः हाम्रो अपमान भयो
मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मधेश सरकारद्वारा आयोजित सातौं बलिदानी दिवस समारोह शहीदका आक्रोश पोखेका छन् ।
कार्यक्रममा बोलाइएका शहीद परिवारले आफूहरुलाई अपमानपूर्वक एकएक हजार रुपैयाँ दिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्रीहरु नै सहभागी कार्यक्रम उनीहरुले आक्रोश पोखेका थिए ।
रोजगारी दिने आश्वासन दिएर ठगेको र अहिले सम्मान गर्ने भनेर बोलाएर बेइज्जत गरेको भन्दै शहीद परिवारले आक्रोश पोखे ।
अवस्था अशान्त बनेपछि मुख्यमन्त्री सिंहले आक्रोशलाई सम्मान गर्दै समस्याहरुको सम्बोधन गर्ने आश्वासन दिए ।
उनले भने, ‘कर्मचारी साथीहरुलाई पनि समस्या छ । अहिले प्रक्रिया पुगेन भने आर्थिक वर्षको अन्त्यमा सबै बेरुजु ठहर भइहाल्छ । यहाँ व्यवस्थित तरिकाले यातायात खर्च वितरण गरेको भए यति ठूलो समस्या नै हुने थिएन । ठीक छ, तपाईंहरुको आक्रोशको पनि सम्बोधन हुन्छ ।’