Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लहानमा राजेन्द्र महतोपनि, उनले भने– मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको (फोटो फिचर पनि)





लहान ।

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका छन् । शनिबार बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेको शहीदहरूको सालिकमा श्रद्धा सुमन व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष महतोले भने– ‘मधेसले एकल नश्लीय औपनिवेशिक शासन विरुद्ध बिद्रोह गरेको हो । तर, उपनिवेशबाट मधेस अझै मुक्त हुन सकेको छैन। मधेसी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरे।’

महतोले शहीदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता समेत औंल्याए । उनका अनुसार मधेस मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गरिनुपर्नेमा जोड दिए ।

महतोले मधेसी, थारु, पहाडका आदिवासी जनजाति, उत्पीडित खस, मुस्लिम र दलित लगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिका लागि एकजुट भएर संघर्ष गर्न समेत सबैलाई अपिल गरे । उनले भने, ‘सत्ताको लोभले शहीदको सपना पूरा हुँदैन। यो जनतालाई ढाँट्नु बाहेक अरु केही होइन। शहीदहरूको प्रति सच्चा श्रद्धाञ्जली दिन सम्पूर्ण नेपाली जनता एक भई अन्तिम पटक संघर्ष गर्नुपर्छ ।’
सो अवसरमा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता रमण पाण्डे लगायत स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।