

जनकपुरधाम ।
माँ जानकी जनकपुरधाम यातायात प्रालिका नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण समारोह आज एक समारोहका बिच सम्पन्न भएको छ । ११ सदस्यीय सदस्यमा
मनोजकुमार चौधरी, विजयकुमार यादव, अशोककुमार साह, नरेश साह, सुनिलकुमार मिश्र, मोहनकुमार पाण्डे, हरिशंकरप्रसाद यादव, रोशनकुमार साह, रुपेशकुमार चौधरी, रामसुशिल मिश्र र कामेश्वर ठाकुर निर्वाचित भएका थिए ।
विजयी भएका सदस्यहरुलाई निर्वाचन अधिकृत विजयकुमार ठाकुरले सपथ ग्रहण गराउनुभयो । समारोहमा प्रमुख अतिथिको रुपमा रहेका वरिष्ठ व्यवसायी कन्हैयालाल दास, सदस्यमा निर्वाचित भएका मनोजकुमार चौधरी र विजयकुमार यादवले बोल्नु भएको थियो ।
कार्यक्रमका अध्यक्षता जेठो सञ्चालक देवेन्द्र यादवले गरेका थिए ।
सदस्यमा निर्वाचित भएका मध्ये पदाधिकारीहरुको चयन दूई दिन भित्रै गरिने जानकारी सदस्यहरुले दिएका छन् ।

