Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन नै हुँदैन





काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन नै नहुने गरेको पाइएको छ ।
शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका सदस्य मिहीर ठाकुरले मानव अधिकार आयोगको सिफारिश कार्यान्वयन शुन्य प्रतिशत रहेको जानकारी गराएका हुन् ।
‘आयोगको वर्तमान हाम्रो कार्यकालको सिफारिस कार्यान्वयन प्रतिशत शून्य छ । अगाडि १४ प्रतिशत सिफारिस भएको थियो । हाम्रो पालामा एउटा पनि सिफारिस कार्यान्वयन भएन,’ उनले भने ।
आयोगका अध्यक्ष तपबहादुर मगरले पनि सिफारिस कार्यान्वयन अवस्था कमजोर रहेको बताएका थिए ।
अध्यक्ष मगरले मानव अधिकार आयोग ऐन संशोधन विधेयक तयार गरेर पठाउँदा समेत सरकारले अगाडि नबढाएको गुनासो गरे ।
उनका अनुसार आयोगको अन्तर्राष्ट्रिय श्रेणी घटुवासम्मको विषय आएको र आयोगका सिफारिस कार्यान्वयन लगायत समयानुकूल संशोधन गर्ने गरी तीन महिना अगाडि नै विधेयक सरकारलाई बुझाइएको छ ।