Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिन्धुलीमा माइक्रो बस दुर्घटनामा जनकपुरधाम १० का निर्मल गुप्ताको मृत्यु, १२ जना घाइते





जनकपुरधाम ।

सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुरधाम आउँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।

गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

विहीबार साँझ साढे पाँच बजे पछाडिको टायर पन्चर हुँदा सडक छेउँको डिभाइडरमा ठोक्किएर माइक्रो बस दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।