Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कार्यपालिकालाई स्थानीय तहका ‘कार्यवाहक प्रमुख’ छनोटको अधिकार





काठमाडौ ।

सरकारले स्थानीय तहको ‘कार्यवाहक प्रमुख’ छनोटको अधिकार दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।

ऐनको दफा ११६ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । यसअघि ऐनले कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख एकैपटक रिक्त हुनसक्ने अवस्थाको परिकल्पना नै गरेको थिएन । त्यसैले दुवैजना रिक्त भएको अवस्थामा कसले नेतृत्व गर्छ भन्ने व्यवस्था थिएन ।

संशोधन ऐनले यदि स्थानीय तहको प्रमुख वा उपप्रमुख रिक्त भएको अवस्थामा कार्यपालिका सदस्यहरूले आफू मध्येबाट तोकेको जोकोही व्यक्तिले कार्यवाहक अध्यक्ष भई काम गर्नसक्ने व्यवस्था गरिएको छ ।