Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. तीर्थ खनियालाई अन्तर्राष्ट्रिय अवार्ड





काठमाडौ।

उच्च शिक्षाको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. तीर्थ खनियालाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ ।

धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयमा आयोजित ग्लोबल कन्फसेन्समा स्टार स्कलर्सको तर्फबाट एसोसिएसन अफ अमेरिकन कलेजेज् एन्ड युनिभर्सिटिज‍्ले  डा. खनियालाई नोम चोम्स्की ग्लोबल कनेक्सन अवार्ड अन्तर्गत सन् २०२४ को नर्दन स्टार मेडल अफ लाइफ टाइम एचिभमेन्ट प्रदान गरेको हो ।

एसोसिएसनकी अध्यक्ष लिन पासकोयरालाले डा. खनियालाई अवार्ड प्रदान गरेकी थिइन् । स्टार स्कलर्सले अमेरिकाबाटै यो अवार्डको घोषणा गरेको थियो ।

खनियाले जीवनकालमा उच्च शिक्षाको विकास र विस्तारमा पुर्‍याएको योगदानका साथै पछिल्लो पटक उनका दुई पुस्तक सिफ्टिङ प्याराडाइम इन हाइयर एजुकेसन: हुम्यानिजम, साइन्टिजम एन्ड एकाडेमिक क्यापिटालिजम र न्याभिगेटिङ हाइयर एडुकेसन इन नेपालः हिस्टोरिकल प्रस्पेक्टिभ एन्ड फ्युचर डिरेक्सनले विश्वको उच्च शिक्षा र नेपालको गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा मद्दत गरेको भन्दै उनलाई अवार्डमा छानिएको आयोजकले जनाएको छ । उनको पहिलो पुस्तक विश्वको उच्च शिक्षा र दोस्रो पुस्तक नेपालको उच्च शिक्षासँग सम्बन्धित छन् ।