Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल खबरको पोडकास्ट चैनलमा माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरी, सार्वजनिक यातायातका बसहरुमा जिपिसी सिस्टम तत्काल जडान लगायत आधुनिक सिस्टम तर्फ बढने योजनामा उहाँहरु लाग्ने

‘बसहरुमा सिसी क्यामरा जडान गर्नुपर्छ र यसको नियन्त्रण सुरक्षाकर्मीले गर्नुपर्छ’





सुजीतकुमार झा
जनकपुरधाम ।
माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीले जनकपुरधामका सार्वजनिक यातायातका बसहरुमा जिपिसी सिस्टम तत्काल जडान लगायत आधुनिक सिस्टम तर्फ बढने बताउनु भएको छ । हामी चाहन्छु प्रविधिको फाइदा हामी बसमा उपयोग गरौ जसले समग्र यात्रीलाई फाइदा पुग्नेछ उहाँले बताउनुभयो ।
मोडेल खबरसँग कुरा गर्दै अध्यक्ष चौधरीले टिकटका लागि पनि हामी चाडै प्रोसेसमा जान्छौ बताउनुभयो । गाडीमा एकातिर अनलाइन टिकट बुकिंग हुन्छ भने अर्को तर्फ यात्रीलाई काउन्टरमै गएर टिकट लिओस यस्तो निति ल्याइरहेको जानकारी दिदै भन्नुभयो – जो व्यक्ति प्रविधि तर्फ बढी सकेका छन् उसलाई पनि फाइदा होस जो गएछैन उनीहरु पनि बिस्तारै प्रविधि तर्फ जाओस यसका लागि आफूहरु पहल गरिरहेको छु ।
अनलाइन टिकटका लागि बस काउन्टरहरुमा सानो मशिनको आवश्यकता रहेकाले सो मशिनमा सहयोग गरिदिन प्रदेश सरकारसँग उहाँले आग्रह गर्नुभयो । हामी नयाँ प्रविधितर्फ जान चाहन्छौ तर यसका लागि राज्यको सहयोग चाहिन्छ उहाँको कथन रहेको छ ।
मनोज चौधरीको नेतृत्वमा माँ जानकी जनकपुरधाम यातायात प्रालिका सदस्यहरु निर्वाचित भएका छन् । चौधरी छठौ कार्यकालका लागि निर्वाचित भएका छन् । ‘मेरै नेतृत्वमा ११ जना चुनाब लडेकाले र सबै हाम्रै तर्फका जीतेका हुनाले मैले नै अध्यक्ष पद पुनः सम्हाल्ने छु,’ उहाँले बताउनुभयो ।
बसमा सुरक्षा बढाउन उहाँले माँग गर्नुभयो । कस्तो सुरक्षाको कुरा गर्नुभएको प्रश्नप्रति अध्यक्ष चौधरीले बसहरुमा सिसी क्यामरा जडान गर्नुपर्छ र यसको नियन्त्रण सुरक्षाकर्मीले गर्नुपर्छ बताउनुभयो । सीसी क्यामरा लगायतका सुविधा दिनका लागि हामीले राजस्ववापत दिएको पैसाकै केही प्रतिशत यसमा खर्च गरिदियौ भने सार्वजनिक यातायातका बस सिस्टममा आइहाल्छ उहाँले अगाडी बताउनुभयो ।
मोडेल खबरमा अध्यक्ष चौधरीले लामो कुराकानी गर्नु भएको छ । यहाँसम्म कि मधेशवादी दल छोडेर नेपाली कांग्रेसमा आउनुका कारण पुनः जनकपुरधाम उमपमहानगरपालिकाका मेयरको चुनाब लडने जस्ता विषयमा । उहाँसँगको कुराकानी https://www.youtube.com/@ModelKhabar मा सुन्न र हेर्न सकिन्छ ।