

काठमाडौँ ।
सुनचाँदीको मूल्य बिहिबार पनि बढेको छ । सुनचाँदीको मूल्य बुधबार पनि बढेको थियो । बुधबार तोलामा ४सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार दुईसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य बढेर आज सुन तोलाको एक लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य एक लाख ५५ हजार चारसय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर एक हजार आठसय ८० रुपैयाँ पुगेको छ ।
गत मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो ।
