Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१५ महिनापछि इजरायल–हमासबिच युद्धविराम





एजेन्सी ।
१५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।
पहिलो चरणमा सुरुमा केही इजराली बन्धकहरुलाई छाडिने छ । त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकहरुलाई छाड्ने छ । इजरायली सेना पनि युद्ध क्षेत्रबाट फिर्ता हुने छ । यसबीचमा युद्धविराम कार्यान्वयनका लागि वार्ता पनि जारी रह्ने छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीका केही सदस्य र वामपन्थी नेताहरु युद्धविरामको विपक्षमा उभिएकाबेला भएको यो सम्झौताको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित कतार, इजिप्ट लगायत देशले युद्धविरामको स्वागत गरेका छन् ।
यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिने छ भने बन्धकहरू रिहाइको सुनिश्चितता गर्नेछ । इजरायल र हमासबीच ७ अक्टुबर २०२३ मा युद्ध सुरु भएको थियो । हमास लडाकुहरु प्यालेस्टिनी भूमिको गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गरेर १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको ज्यान लिएका थिए । नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक पनि बनाएर लगेका थिए ।
त्यसपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलले हवाई र स्थल दुवैतर्फबाट कारबाही गर्दा ४६ हजार जनाको मृत्यु भएको छ ।