Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेविसंघ आन्दोलनमा, त्रिवि उपकुलपतिको राजिनामा मागे

उपकुलपतिको ढोकामा पर्चा टासे





काठमाडौ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा माग गरेको छ। उपकुलपतिको ढोकामा नेविसंघले उपकुलपतिको राजीनामा माग गरेको पर्चा टासेको हो ।

उपकुलपति बरालसहित, रेक्टर प्राडा खड्क केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालको राजीनामा माग गरेको हो।  मेरिटोक्रेसी भन्ने तर, भित्रभित्रै पार्टीको नेताले जे–जे भन्यो त्यही अनुसार नियुक्त गरेको नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले बताए ।

क्याम्पस प्रमुखमा कसलाई कति नम्बर दिइयो त्यो समेत खुलाइएकोले सांकेतिक रूपमा झकझकाएको उनको भनाइ छ।  विद्यार्थीले ढोकामा पर्चा टाँस्ने समयमा उपकुलपति बराल भने कार्यकक्षमा अनुपस्थित थिए। डीन, क्याम्पस प्रमुख लगायतको नियुक्तिमा विद्यार्थी संगठनहरूले आपत्ति जनाउँदै आएका छन् ।

मेरिटोक्रेसीको नाममा दलका कार्यकर्तालाई नियुक्ति दिने गरेको भन्दै उनीहरूले आपत्ति जनाउँदै आएका हुन्।