Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पर्साको पटेर्वा सुगौलीमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु





पर्सा ।
पर्साको पटेर्वासुगौली गाउँपालिकामा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा घाईते अर्का एकजनाको अवस्था गम्भीर रहेको छ ।
पटेर्वा सुगौलीको पथरैयाबाट श्रीपुर पंचगावातर्फ जादैं गरेको ना २८ प ३८१९ नम्बरको एफ जेड मोटरसाइकल मंगलबार राति पटेर्वा सुगौलि गाउँपालिका वडा नम्बर–४ कर्वोला चौक स्थित ह्युम पाइप राख्न खनिएको खाल्डोमा खस्दा सखुवाप्रसौनी गाउपालिका वडा २ जमुनियाका २३ बर्षिय सुदर्शन चौधरी र सोही स्थानका २४ बर्षीय दिपेन्द्र राय थारु घाईते भएका थिए ।
घाईते दुवैजनालाई वीरगञ्ज स्थित एल एस न्यूरो अस्पतालमा उपचारका लागि ल्याईएकोमा २३ बर्षीय सुदर्शनको मंगलबार राति १२ बजे उपचारकै क्रममा अस्पतालमा निधन भएको ईलाका प्रहरी कार्यलय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । अर्का घाईते दिपेन्द्र राय थारुको भने गम्भीर अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।