Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पीएचडी नसकिँदै डाक्टर लेखेका प्रसाईंले दिए राजीनामा





काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंले राजीनामा दिएका छन् ।

पीएचडी नसकिँदै डाक्टर लेखेर नियुक्ति लिएपछि उनी विवादमा तानिएका थिए ।

‘उहाँले राजीनामा दिनुभएको छ । त्रिविले छानबिन समिति बनाएर अनुसन्धान पनि गरिरहेको छ,’ त्रिविका एक अधिकारीले भने ।

पीएचडी पूरा नहुँदै नाममा डाक्टर थपेर उनले सह–परीक्षा नियन्त्रकका लागि आवेदन दिएका थिए । उनले मानविकी संकायबाट पीएचडी गरिरहेका छन् ।
भाइबा सकिए पनि उनले थेसिस बुझाएका छैनन् । थेसिसमा त्रुटि देखिएपछि सच्याउन उनलाई ६ महिनाको समय दिइएको छ ।