Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पर्साको जिराभवानीमा आगलागीबाट दर्जन बढी खसीबाख्रा मरे





वीरगञ्ज ।

पर्साको जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा बाख्रापालक किसानको खोरमा आगलागी भएको छ ।

आगलागीबाट स्थानीय लालबहादुर दासका दुई दर्जन खसीबाख्रा मरेको वडाध्यक्ष दारासिंह राउतले जानकारी दिए ।

बाख्रालाई चिसोबाट बचाउन खोर नजिकै बालेको घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरेको उनले बताए ।

आगलागी बुधबार बिहानपख १ बजेको समयमा भएको हो । आगलागीबाट खोर पूर्णरूपमा जल्दा खोरमा भएका खसीबाख्रा जलेको उनले बताए ।

क्षतिको विवरण संकलन भइरहेकोले यति नै क्षति भएको भनेर अहिले भन्न नसकिने उनले बताए ।