

जनकपुरधाम ।
जाडो बढेपछि धनुषा जिल्लाको विभिन्न स्थानमा दाउरा वितरण गरिएको छ । डिभिजन वन कार्यालय धनुषाद्वारा जनकपुरधाम र धनुषाको ग्रामीण क्षेत्रमा पनि दाउरा वितरण गरिएको छ ।
वनका डिएफओ विनोद सिंहको नेतृत्वमा दाउरा वितरणका साथै ठाउँ–ठाउँमा अगेना बालिएको छ । जाडोका कारण तराइका जिल्लाहरुमा दर्जनो व्यक्तिको मृत्यु समेत हुने गरेको छ । मृत्युलाई रोक्न विभिन्न सावधानीहरुपनि अपनाइदैछ । यसैक्रममा कतै डिभिजन वन कतै स्थानीय निकायले अगेनाको व्यवस्था गरेको छ ।

