Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोर्चा बनाउन मधेस केन्द्रित दलहरुको बैठक शुरु, जसपा नेपाल अनुपस्थित





काठमाडौँ ।
मधेसवादी दलहरू आज मधेसी मोर्चा गठनका लागि गृहकार्यमा जुटेका छन् । मकर सङ्क्रान्तिको शुभ साइत पारेर मधेसवादी दलले कार्यदलहरूको बैठक बोलाएका हुन् ।
मधेसी दलका नेताहरू खिचडी खाएर बैठकमा जुटेका छन् । मकर सङ्क्रान्तिको विशेष परिकार खिचडी, चुराको लड्डु, तिलको लड्डुलगायत अन्य परिकार खानपिन गरेर बैठकमा बसेका हुन् ।
बैठकमा मधेसी मोर्चा गठनको बारेमा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गरेर थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने जस्ता प्रावधान ल्याउन लागेको आशङ्कामा मधेस केन्द्रित दलहरू एकीकृत हुन लागेका हुन् ।
त्यसका लागि मोर्चा गठनको गृहकार्यमा जुटेको बताइएको छ । धुम्बाराहीको समर्पण एकेडेमीमा बैठक बसिरहेको छ । बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट भने कोही पनि सहभागी छैनन् । बैठकमा जसपा नेपाललाई पनि बोलाएको थियो ।
जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । बैठकमा यादव नै आउने कुरा थियो तर उनी बैठकमा समाचार तयार पार्दासम्म उपस्थित भएका छैनन् ।
बैठकको संयोजन ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले गरेको छ । सो पार्टीका उपाध्यक्ष एवं वार्ता समितिका संयोजक डा. शिवजी यादवले जसपा नेपालका उपाध्यक्ष यादवसँग कुरा हुँदा उनले बैठकमा आउने जवाफ दिएको बताए । आफूहरू यादवको प्रतीक्षामा रहेको उनले बताए । जसपा, लोसपा, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरू बैठकमा उपस्थित छन् ।