Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मापसेका कारण देशभर ५ महिनामा ६२१ सवारी दुर्घटना, ४७ जनाको मृत्यु





काठमाडौं ।
देशभर पछिल्लो पाँच महिनामा मादक पदार्थ सेवन (मापसे) गरी चलाइएका ६२१ सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ती दुर्घटना भएका हुन् ।
२०८१ साउन १ गतेदेखि मंसिर मसान्तसम्मको अवधिमा रेकर्ड गरिएको ती दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ । ती घटनामा ८०७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मापसे गरी सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यकामा भएका छन् । उक्त अवधिमा काठमाडौं उपत्यकामा भएका ३७७ वटा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ३९९ जना घाइते भएका छन् ।
सबैभन्दा कम दुर्घटना कर्णाली प्रदेशमा भएका छन् । उक्त समयमा कर्णाली प्रदेशमा भएका १२ दुर्घटनामा १४ जना घाइते भएका छन् । एकजनाको पनि ज्यान गएको छैन ।