Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ





जनकपुरधाम ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालिन निर्देशक बलराम ठाकुर ठगी आरोपमा पक्राउ परेका छन् ।
ठगी तथा सरकारी छाप र दस्तखत किर्ते आरोपमा ठाकुर पक्राउ परेका हुन् । उनलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले ठाकुरलाई धनुषा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
गत भदौ महिनामा निर्देशक ठाकुरसहित ५ जनामाथि सो मुद्दा दर्ता भएको थियो । लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरमाथिसमेत मुद्दा दर्ता भएको छ । उनीहरु फरार रहेको र उनीहरुको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ ।