Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

५ महिनामा वाणिज्य बैंकको नाफा ३० अर्ब २४ करोड

कृषि विकास बैंक ३ करोड ५२ लाख रुपैयाँ नोक्सानमा





काठमाडौ।

५ महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकले मंसिर महिनासम्म सो बराबरको नाफा कमाएका हुन् ।

कात्तिक मसान्तसम्म यस्तो नाफा २२ अर्ब २९ करोड रुपैयाँ थियो । यस अनुसार मंसिर महिनामा मात्रै बैंकहरुले ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको थप नाफा कमाएको देखिन्छ । अघिल्लो वर्षको पाँच महिनामा बैंकहरुले २८ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएका थिए । यो आधारमा हेर्दा यस वर्षको नाफा ६.६० प्रतिशत बढी हो ।

यो अवधिसम्म नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४९ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकले २ अर्ब ८३ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ४९ करोड, कुमारी बैंकले १ अर्ब ९९ करोड तथा प्राइम कमर्शियल बैंकले १ अर्ब ९६ करोड, प्राइम कमर्शियल बैंकले १ अर्ब ९४ करोड तथा एनएमबि बैंकले १ अर्ब ९० करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् ।

त्यस्तै, प्रभु बैंक १ अर्ब ८३ करोड, लक्ष्मी सनराइज बैंक १ अर्ब ६४ करोड, नेपाल बैंक १ अर्ब ५१ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंक १ अर्ब ३४ करोड, हिमालयन बैंक १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, सिद्धार्थ बैंक ९७ अर्ब ९० करोड, सानिमा बैंक ९० करोड ४१ लाख, राष्ट्रिय वाणिज्य बैंक ८६ करोड ७१ लाख, माछापुच्छ्रे बैंक ८२ करोड ७४ लाख, सिटिजन्स बैंक ६९ करोड ४९ लाख, एनआईसी एसिया बैंकले ६ करोड ३३ लाख नाफा कमाउँदा कृषि विकास बैंक ३ करोड ५२ लाख रुपैयाँ नोक्सानमा रहेको देखिन्छ ।