

राहदानी छपाइको सेड्युल अहिले टाइट रहेको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताएका छन्।
गत मंसिर १३ राहदानी खरिदका लागि बोलपत्र प्रकाशित गरिसकेको र खरिद प्रक्रियाका लागि छलफल भइरहेका सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उनले बताएका हुन्।
’८ देखि १० महिना भित्रमा नयाँ सम्झौता गरी राहदानी आपूर्ति गर्ने अवस्थामा हामी पुगिसक्ने छौँ । अहिलेको राहदानी पनि लगभग त्यतिकै अवधिलाई पुग्ने देखिन्छ। तर सेड्युल चाहिँ एकदमै टाइट छ,’ उनले भने।
परराष्ट्रमन्त्री आरजु देउवा राणाले राहदानीको गुणस्तर कस्तो होला भन्ने प्रश्न उठेको बताइन्।
’कस्तो क्वालिटी आउला भन्ने प्रश्न छ। सबभन्दा सस्तो बोलपत्रमा जानुपर्ने भएकाले पासपोर्टको गुणस्तर नभए समयमा पासपोर्ट आपूर्तिमा समस्या हुन सक्छ,’ उनले भनिन्।
