Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

झारखण्डको एक विद्यालयका प्रधानाध्यापकमाथि छात्राहरूको सर्ट फुकाल्न लगाएको आरोप





एजेन्सी ।
भारतको झारखण्डस्थित धनबाद जिल्लाको एक निजी विद्यालयमा प्रधानाध्यापकको आदेशमा कथित रूपमा धेरै छात्राहरूलाई आफ्नो सर्ट खोल्न लगाइएको घटना बाहिर आएको छ । तर प्रधानाध्यापकले आफूले त्यस्तो कुनै आदेश नदिएको बताएका छन् ।
छात्राहरूले धनबाद जिल्ला मजिस्ट्रेटलाई दिएको लिखित उजुरी अनुसार विद्यालयमा प्रि–बोर्ड परीक्षाको अन्तिम दिन यो घटना भएको हो । छात्राले विद्यालयको सर्टमा एकअर्काको लागि शुभकामना लेखेका थिए । तर, यसो गर्दा विद्यालयको प्रतिष्ठामा आँच आउने भन्दै प्रधानाध्यापकले सबै छात्राले आफ्नो सर्ट विद्यालयमा छाड्नु पर्ने बताए ।
यसपछि केही छात्राले आफैँ सर्ट फुकालेको र कतिपयको सिनियरले सर्ट निकालेको आरोप छ । जिल्ला प्रशासनले सम्पूर्ण घटनाको छानबिन गर्न निर्देशन दिएको छ ।
यस विषयमा छात्राहरू मिडियासामु बोल्न तयार छैनन् । तर, उनका परिवारका सदस्यले यस विषयमा बोलेका छन् ।
विद्यालयमा कक्षा १० को दुवै खण्डसहित जम्मा १२० छात्रा छन् । परीक्षा सकिएपछि करिब २० छात्राहरू घर गए । बाँकी छात्राहरूले ‘पेन डे’ मनाइरहेका थिए । कतिपय छात्राहरू सार्वजनिक यातायातमा ब्लेजर लगाएर घर जान बाध्य भएका थिए ।