Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कोशी प्रदेशले माग्यो वन रक्षक पदमा आवेदन





विराटनगर ।

प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायक स्तर तेस्रो तह, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरिएको छ । प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा ( खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.p1.gov.np मार्फत आवेदन दिनुपर्नेछ । सेवाका शर्त र तलब तथा अन्य सुविधा प्रचलित कानुन बमोजिम हुने सूचनामा उल्लेख छ ।

लिखित परीक्षा, शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ । प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर चार सय रुपैयाँ बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येक थप समूहका लागि रु १००।- (एक सय ) थप दस्तुर बुझाउनुपर्नेछ ।

दरखास्त दिने अन्तिम मिति माघ २० गते र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ । दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नं. उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिनेछ।