Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लोसपा महाधिवेशनको तयारी, पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने





काठमाडौ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने भएको छ । महाधिवेशनको तयारीमा रहेको लोसपा नेपालले महाधिवेशनका लागि निर्देशिका तयार गरेको छ ।

सो निर्देशिकाअनुसार महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने उल्लेख छ ।  निर्देशिकामा प्रदेश अधिवेशनका लागि केन्द्रीय समितिले पाँच सदस्यीय, जिल्ला अधिवेशनका लागि प्रदेश समितिले तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने भनिएको छ । प्रदेश समिति नरहेको ठाउँमा केन्द्रीय समितिले सो समिति गठन गर्ने भनेको छ । निर्वाचन क्षेत्रीय अधिवेशन तथा पालिका अधिवेशनका लागि तीन–तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने भनिएको छ ।

निर्देशिका अनुसार पालिका, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरूको नामावली सम्बन्धित निर्वाचन समितिमा कम्तीमा २४ घण्टा पहिले दिनुपर्ने हुन्छ ।

निर्वाचन क्षेत्रमा सक्रिय रहेको भातृ सङ्गठनले अधिवेशनका लागि ५ जना, जिल्लामा रहेको भातृ सङ्गठनले पनि ५ जना प्रतिनिधि चयन गर्ने प्रावधान निर्देशिकामा राखेको छ । त्यस्तै प्रदेश अधिवेशनका लागि प्रदेशमा सक्रिय रहेका भातृ सङ्गठनले सात जना प्रतिनिधि चयन गर्नुपर्नेछ । त्यसैगरी, केन्द्रमा सक्रिय रहेको भातृ सङ्गठनले केन्द्रीय महाधिवेशनका लागि सात जना प्रतिनिधि चयन गर्ने प्रावधान राखेको छ ।

लोसपा नेपाल निकट लोकतान्त्रिक शिक्षक सङ्घ, लोकतान्त्रिक प्राध्यापक सङ्घ, लोकतान्त्रिक बुद्धिजीवी सङ्घ, लोकतान्त्रिक कानुन व्यवसायी सङ्घ, सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरूमध्ये निर्वाचन समिति गठन गर्ने निर्देशिकामा उल्लेख छ । अधिवेशन गराउने बखत कुनै वैधानिक जटिलता उत्पन्न भएमा केन्द्रीय निर्वाचन समितिको निर्णय अन्तिम हुने निर्देशिकामा उल्लेख छ ।