

जनकपुरधाम ।
माँ जानकी जनकपुरधाम यातायात प्रालि सञ्चालक समितिको निर्वाचन सोमबार हुने भएको छ । सो निर्वाचनका लागि २६ जनाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिएकाहरुमा मनोज चौधरी, विजयकुमार यादव, अशोककुमार साह, नरेश साह, सुनिलकुमार मिश्र, मोहनकुमार पाण्डे, हरिशंकर प्रसाद यादव, रोशनकुमार साह, रुपेशकुमार चौधरी, रामसुशिल मिश्र, हकिम राइन, विजयकुमार पाण्डे, कामेश्वर ठाकुर, राजेश प्रसाद चौधरी रहेका छन् ।
अन्य उम्मेदवारहरुमा तुलसीकुमार साह, देवेन्द्र यादव, सुनिलकुमार जालान, दिपेनद्रकुमार ठाकुर, रामचन्द्र यादव, धर्मनाथ मण्डल, संजितकुमार यादव(एकरहिया), संतोषकुमार राय, संतोष शिवहरे, पुस्करकुमार राय, संजितकुमार यादव(भ्रमरपुरा) र मुकेशकुमार यादव रहेका छन् ।
उम्मेदवारी दिएका मध्ये ११ जना सदस्यको चयन गरिनेछ । चयन गरिएका मध्ये अध्यक्ष सहित सञ्चालक समितिको विभिन्न पदाधिकारीको चयन गरिने छ ।
सदस्यको निर्वाचन सोमवार विहान १० बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ ।

