Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिभुवन आर्मीसंग ८ विकेटले पराजित हुँदै मधेस जय ट्रफीबाट बाहिरियो

फाइनलमा पुग्ने पहिलो टोली बन्यो त्रिभुवन आर्मी





काठमाडौं ।
जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराएको छ । मधेश प्रदेशले दिएको २८ रनको झिनो लक्ष्यलाई आर्मीले २ विकेट क्षतिमा भेट्टाएको हो ।
आर्मीले पहिले ब्याटिङ गर्दै ९ विकेट क्षतिमा २२५ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो । मधेश प्रदेश पहिलो इनिङमा १०२ रनमै अलाउट भएर फलोअनमा पर्यो । १२३ रनले पछि परेको मधेशले दोस्रो इनिङमा पनि १५० रन मात्रै जोड्न सक्यो ।
जम्मा २८ रनको लक्ष्य पाएको आर्मीले त्रितराज दास र सन्तोष कार्कीलाई सस्तोमा गुमाएको थियो । ओपनर इमरान सेख र बसिर अहमदले टिमलाई जित दिलाए । यो जितसँगै त्रिभुवन आर्मी क्लव फाइनल नजिक पुगेको छ भने मधेश बाहिरिएको छ ।
त्रिभुवन आर्मीको जितमा स्पिनर सहाब आलम र अलराउन्डर बसिर अहमदले महत्वपूर्ण भूमिका निभाए । सहाबले पहिलो इनिङमा ६ विकेट र दोस्रो इनिङमा ३ विकेटसहित कुल ९ विकेट लिए ।
बसिरले त्रिभुवन आर्मीको पहिलो इनिङमा ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । दोस्रोमा उनी ४ रनमा नटआउट रहे । उनले विजयी चौका प्रहार गरेका थिए । बसिरले मधेशको पहिलो इनिङमा १ विकेट र दोस्रोमा ४ विकेट लिए । मधेशको दोस्रो इनिङमा ओपनर मयन यादवबाहेक अन्य ब्याटर चल्न सकेनन् । यादवले ४९ रन बनाएका थिए ।