Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायलले ‘ग्रेटर इजरायल’को नक्सा जारी गरेपछि अरब राष्ट्रहरुमा खलबली





काठमाडौं ।
इजरायलले ‘ग्रेटर इजरायल’को विवादास्पद नक्सा जारी गरेपछि अरब (खाडी) राष्ट्रमा खलबली मच्चिएको छ ।
केही दिनअघि इजरायली सरकारले सामाजिक सञ्जाल एक्समा ‘ग्रेटर इजरायल’ को नक्सा जारी गरेको थियो । उक्त कार्यको साउदी अरेबिया, प्यालेस्टाइन, युनाइटेड अरब इमिरेट्स (यूएई) र अरब लिगले निन्दा गरेका छन् ।
जनवरी ६, २०२५ मा इजरायलको आधिकारिक सामाजिक सञ्जाल एक्स खातामा जारी गरिएको नक्सामा प्यालेस्टाइन, सिरिया, लेबनान र जोर्डनका केही भागहरू इजरायलको भागका रूपमा देखाइएको छ ।
साउदी अरेबियाले यसलाई ‘अतिवादी कदम’को संज्ञा दिएको छ । इजरायलको यो कदमले अन्य देशहरूको सार्वभौमिकतामाथि खुला आक्रमण जारी राख्ने र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने महत्वाकांक्षा देखाएको साउदी अरेबियाले जनाएको छ । प्यालेस्टाइन र जोर्डनले विवादास्पद नक्साको निन्दा गरेका छन् ।
साउदी विदेश मन्त्रालय र प्यालेस्टिनी अधिकारीहरूले इजरायललाई यस्ता कदम चाल्नबाट रोक्न अन्तर्राष्ट्रिय समुदायलाई अपील समेत गरेका छन् ।
अरब लिगका महासचिव अहमद अबु अल–घेटले यस्ता ‘उत्तेजक कार्यहरू’ लाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय असफल भएमा ‘अतिवादमा वृद्धि’ हुने चेतावनी दिएका छन् ।
इजरायलले जारी गरेको ‘ग्रेटर इजरायल’ नक्सामा इजरायल राज्य लगभग ३ हजार वर्ष पहिले स्थापित भएको दाबी गरिएको छ । इजरायलका प्रथम तीन राजाहरूमा शाऊल, डेविड र सोलोमन थिए । यी तीन जनाले कुल १२० वर्ष शासन गरेका थिए । उनीहरुको शासनकालमा यहुदी संस्कृति, धर्म र अर्थतन्त्र फस्टाएको दाबी इजरायलको छ ।
इजरायली सरकारले गरेको पोस्टमा दाबी गरिएको छ– ९३१ ईसा पूर्वमा राजा सोलोमनको मृत्युपछि आन्तरिक द्वन्द्वका कारण साम्राज्य दुई भागमा विभाजित भयो । उत्तरमा इजरायल राज्य र दक्षिणमा यहुदी राज्यको स्थापना भयो ।
२०९ वर्षपछि (७२२ ईसा पूर्व) इजरायलको उत्तरी राज्य अश्शूरहरूको हातमा प¥यो । ३४५ वर्षपछि बेबिलोनका राजा नेबुचादनेजर (५६८ ईसा पूर्व) को हातमा यहुदीको दक्षिणी राज्य प¥यो ।
इजरायलको दाबी छ, “यो विभाजनले शताब्दीयौंसम्म राजनीतिक संघर्ष भयो, तर निर्वासनमा रहेका यहुदी जनताले आफ्नो राज्यको पुनस्र्थापनाको माग गरे । यो माग पूरा भएपछि १९४८ मा इजरायल एक देशको रूपमा स्थापित भएको थियो । इजरायल आज मध्यपूर्वको एक मात्र लोकतान्त्रिक देश हो ।”