

काठमाडौँ ।
सुनको मूल्य आज तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रवार पनि सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि भएको थियो र एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । त्यसअघि शुक्रवार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ४५ रुपैयाँ थियो ।
