Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अयोध्यामा निर्मित राम मन्दिरको वार्षिकोत्सवको अवसरमा जानकी मन्दिरमा दीपोत्सव





जनकपुरधाम ।
अयोध्यामा भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठा भएको वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा दीपोत्सव गरिएको छ । जानकी सेनाको आयोजनामा राम मन्दिर निर्माण तथा भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठाको वार्षिकोत्सवको अवसरमा जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा दीपोत्सव गरिएको हो ।
मन्दिरको प्राङ्गणमा आकर्षक रंगोली बनाइनुका साथै सवा लाख बढी दीप प्रज्वलन गरिएको छ । विश्व हिन्दु परिषद नेपाल धनुषाले पनि विभिन्न कार्यक्रम गरेको छ । परिषद्का अध्यक्ष संतोष साहले  श्रीराम मन्दिर निर्माणको संघर्ष र बलिदानको इतिहासलाई जनसमक्ष ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
गत वर्ष जनवरी २२ तारिखका दिन अयोध्यास्थित भगवान रामको भव्य नवनिर्मित मन्दिरको उदघाटनका साथै भगवान रामको प्रतिमा स्थापित गरिएको थियो । यद्यपि तिथिको हिसाबले शनिबार वार्षिकोत्सव परेकाले अयोध्यामा ३ दिवसीय भव्य कार्यक्रमको आयोजना गरिएको हो ।