

काठमाडौं ।
स्थानीय तहको दुवै पद रिक्त भए कार्यपालिकाका सदस्यहरुबाटै कार्यबहाक तोक्नसक्ने व्यवस्था भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा संशोधन लागि अध्यादेश जारी भएपछि यो बाटो खुला भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा संशोधन गरी कुनै स्थानिय तहमा अध्यक्ष र उपाध्यक्ष वा प्रमुख र उपप्रमुख दुवै निलम्बनमा परेमा वा कुनै कारणले दुवै पद रिक्त भएमा कार्यपालिकाका सदस्यहरुले आफूहरूमध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख भई काम गर्न पाउँनेछन् ।
कुनै वडाध्यक्षको पद कुनै कारणले रिक्त भएमा वा निलम्बनमा परेमा वडा समितिका सदस्यहरुले आफूहरु मध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक वडाध्यक्ष भई कार्य गर्ने व्यवस्था मिलाईएको छ ।
