Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिका र बेलायतद्वारा रुसी तेल कम्पनीमाथि कडा प्रतिबन्ध





एजेन्सी ।
अमेरिकाको बाइडेन प्रशासनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू रुसको ऊर्जा राजस्वलाई नोक्सान पु¥याउन लगाइएको हो, जसले युक्रेनमा यसको युद्धलाई सहयोग गरिरहेको छ ।
यसमार्फत व्यापारी र अधिकारीदेखि बीमा कम्पनी र सयौँ तेल ट्याङ्करसम्मका दुई सयभन्दा बढी संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ । युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकासँगै बेलायतले ऊर्जा कम्पनी गाजप्रोम नेफ्ट र सर्गुटनेफ्तेगजमाथि पहिलो पटक प्रत्यक्ष प्रतिबन्ध लगाइएको हो ।
बेलायतका विदेश सचिव डेभिड लेमीले भने, ‘रुसी तेल कम्पनीहरूसँग लड्दा रुसको युद्धको कोष खाली हुनेछ र पुटिनबाट खोसिएको हरेक रुबल (रुसी मुद्रा) ले युक्रेनका जनताको जीवन बचाउन मद्दत गर्नेछ ।’
अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार घोषणा गरेका केही प्रतिबन्धलाई कानुन बनाइने बताइएको छ । यदि आगामी ट्रम्प प्रशासनले यी प्रतिबन्धहरू हटाउन चाहन्छ भने उसले त्यसलाई कंग्रेसबाट पारित गर्नुपर्नेछ । यसबाहेक अमेरिकाले रुसबाट कानुनी रूपमा ऊर्जा किन्न सक्ने रुसका सहयोगीहरूलाई सीमित पार्ने काम पनि गरिरहेको छ ।