

जनकपुरधाम ।
भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरको प्रथम वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा विशेष कार्यक्रम गरिने तयारी भइरहेको छ । जानकी मन्दिरको प्रागंणमा दिनको ३ बजे रंगोली कार्यक्रम र ५ बजे दीपोत्सव कार्यक्रम राखिएको जानकारी विश्व हिन्दू परिषद् नेपाल धनुषाका अध्यक्ष संतोष साहले दिएका छन् ।
परिषद्ले नै सो कार्यक्रम गरिरहेको छ ।
राम मन्दिरको वलिदान तथा संघर्षको इतिहास प्रोजेक्टरद्वारा जानकी मन्दिरमा देखाइने छ ।
सो अवसरमा जनकपुरधामको विभिन्न मन्दिरहरुमा विशेष पूजाअर्चना, सुन्दरकाण्ड, हनुमान चालीसा पाठ पनि गरिने छ ।

