Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसका २० विभागमा देउवाले गरे सचिव मनोनयन





काठमाडौ  ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न २० विभागमा सचिव मनोनयन गरेका छन् ।  सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सचिव मनोनीत गरेका हुन् ।

जसअन्तर्गत प्रदेश समन्वय विभाग डा.रघु काफ्ले (तनहुँ), महिला विभागमा कविता इटनी (धादिङ), सूचना, सञ्चार तथा प्रचार विभाग गोपाल झा (महोत्तरी) लाई मनोनीत गरेका हुन । त्यसैगरी वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग ई.समीक्षा चौधरी (कैलाली), उद्योग तथा व्यापार विभाग ध्रुव खड्का (काठमाडौँ), सहकारी विभागमा चन्द्रप्रसाद ढकाल (नवपरासी व.सु.पश्चिम), पेशागत तथा बुद्धिजीवी विभागमा विजय तुम्बाहाम्फे (तेह्रथुम) लाई मनोनयन गरेका हुन् ।