Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र भए पुग्ने





काठमाडौ ।

अब बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र भए पुग्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्रिय परिचय पत्रमा भएको विद्युतिय अभिलेखको विवरणका आधारमा खाता खोल्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचय पत्र वा सोको नम्बर यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउनु पर्ने छ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

निर्देशनले  सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थमा सम्बन्धित निकायले उपलब्ध गराएको विवरणका अधारामा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्ने व्यवस्था गरेको हो।

यस्तै बैंकहरुले अब ग्राहकको खाता खोल्दा उक्त व्यक्ति उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भए नभएको समेत एकिन गर्नुपर्ने छ।

ग्राहकको पहिचान गर्दा पनि अब बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रिय जोखिम मूल्यांकन र पारस्परिक मूल्यांकलन प्रतिवेदन २०२३ ले औँल्याएका जोखिमयुक्त कसुरहरुलाई पहिचान गर्नुपर्नेछ।