

काठमाडौँ ।
संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबिच भएको सहमति यताउता नहुने सरकारका प्रवक्ता पृथ्वीकसुब्बा गुरुङले स्पष्ट पारेका छन् ।
प्रवक्ता गुरुङले शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दैे दुई दलबिच भएको सहमतिकै आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने स्पष्ट पारेका हुन् ।
संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुन सक्ने भएकाले केही समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुन सक्ने उनले बताए ।
पहिला संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर कांग्रेस–एमाल दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि उक्त विषयमा अन्य दलहरूसँग छलफल गरिने प्रवक्ता गसरुङले धारणा राखे ।
राष्ट्रिय एजेन्डाका संविधान संशोधनलाइ आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केही समय लाग्न सक्ने उनको भनाइ छ ।
