Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्थलमार्ग भएर पोखराबाट काठमाडौँ जाँदै रवि लामिछाने





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं जाँदै छन् ।
पोखराबाट काठमाडौं पुग्न हवाई जहाजको टिकट नपाएपछि उनी सडकमार्ग भएर काठमाडौं गईरहेको पार्टी प्रवक्ता मनिस झाको भनाइ छ ।
‘सभापति रवि लामिछाने शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भन्दै सडक मार्गबाट काठमाडौं हिँडिसक्नु भएको छ । ’ प्रवक्ता झाले भने, ‘उहाँ जसरी पनि काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुनुहुने छ ।’
तर, लामिछाने पोखराबाट आउन ढिला हुने अवस्थामा आइतबार मात्रै अदालत उपस्थित हुने योजना रहेको उनको सचिवालयको भनाइ छ । सचिवालयले भन्यो, ‘चार बजे अगाडि आइपुगे भने जसरी पनि अदालत उपस्थित हुनुहुन्छ, ढिला भएपछि आइतबार १० बजे उपस्थित हुने योजना रहेको छ ।’
लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।