Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसको प्रदेशसभामा चलिरहेको आरोप प्रत्यारोपलाई विराम दिने सत्ता गठबन्धनमा सहमति





जनकपुरधाम ।
मधेस प्रदेशको प्रदेशसभामा पछिल्लो समय सत्ता गठबन्धनकै दलभित्र चलिरहेको आरोप प्रत्यारोपको श्रृंखलालाई विराम दिने सहमति सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठकबाट भएको छ ।
मुख्यमन्त्री निवासमा मधेस सरकारमा शामिल दलहरुको बैठकबाट सदनलाई सौहार्दपूर्ण वातावरणमा संचालन गर्ने सहमति भएको एमालेका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले जानकारी दिए । उनले पछिल्लो समय प्रदेशसभामा सत्ता गठबन्धनमै आवद्ध घटक दलहरुबिच आरोप प्रत्यारोप बढेपछि सदनबाट हुन सक्ने कार्यसम्पादन समेत प्रभावित भईरहेकाले आरोप प्रत्यारोप तर्फ नलाग्ने सहमति भएको बताए ।
बजेट कार्यान्वयनको स्थिति कमजोर रहेकाले बजेट कार्यान्वयन कसरी सुचारु गर्ने, सदनबाट ऐन निर्माण लगायतका प्रकृयालाई गति दिनेमा दलहरुको जोड थियो मन्त्री यादवले बताए । उनले भने ‘यस बाहेकका विषयमा पनि छलफल चलेको थियो तर ती विषयहरु मिडियालाई जानकारी गराउने खालको छैन ।